images
images
  • नेपालमा पुनः लोडसेडिङको संकट : औद्योगिक क्षेत्रहरूमा दैनिक १२ घण्टा विद्युत् कटौती

    भारतले आइतबारदेखि विद्युत् आयातमा समयसीमा घटाउँदै १२ घण्टा मात्र (बिहान ६ बजे देखि साँझ ६ बजे) आयात गर्ने निर्णय गरेको छ।

    अहिले दैनिक २० घण्टासम्म आयात भइरहेको थियो । यसका कारण उद्योग क्षेत्रको लोडसेडिङ बढ्न सक्नेछ । औद्योगिक क्षेत्रहरूमा दैनिक १२ घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    भारतले सोलार आवर (दिनको घण्टामा)मात्र बिजुली दिने शर्त राखेको छ। मार्च १५ देखि जून ३० सम्म यो शर्त लागू हुनेछ। विद्युत् महसुल दर १.५५ वृद्धि गरिएको छ र नयाँ दर अप्रिल २०२५ बाट लागू हुनेछ।

    भारतसँगको विद्युत् आयात सम्झौतामा केही विवाद भएका छन्, र सरकारले नेपाल विद्युत् प्राधिकरणबाट स्पष्टीकरण पनि माग गरेको छ। २०८० चैत १५ मा अनुमति नवीकरण गरिएको हो, र नेपालले आन्तरिक उत्पादनको कमीका कारण आयात बढाउने तयारी गरेको छ। २०७५ मा लोडसेडिङ अन्त्य गरिएको भए पनि अब लोडसेडिङ फेरि बढ्न सक्ने अवस्था रहेको छ।

    प्रतिक्रिया दिनुहोस्