images
images
  • बलुचिस्तान रेल अपहरण : सयभन्दा बढी यात्रुको उद्धार, धेरैलाई विद्रोहीले बनाए बन्धक, १६ अतिवादी मारिए

    काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले यात्रुवाहक रेलमा आक्रमण गरी यात्रुहरूलाई बन्धक बनाएका छन् ।

    पृथकतावादी समूह बलुच लिबरेशन आर्मी (बीएलए)ले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमण क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भएको थियो ।

    बीबीसी उर्दूका अनुसार पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस आक्रमणपछि अहिलेसम्म १०४ यात्रुलाई उद्धार गरिएको दाबी गरेका छन् । कारबाहीमा १६ अतिवादी मारिएका छन् ।

    जाफर एक्सप्रेसका ८० यात्रु मच्छ रेलवे स्टेसन पुगेका छन्, जहाँ उनीहरूलाई प्राथमिक उपचार गरिएको छ ।

    रेलवे अधिकारीहरूका अनुसार रेलमा नौवटा कोच थिए । चार सयभन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।

    पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले जाफर एक्सप्रेसका धेरै यात्रुलाई अतिवादीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेको बताएका छन् । बीबीसी 

    प्रतिक्रिया दिनुहोस्