काठमाडौं नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ । महाधिवेशनका विभिन्न कार्यक्रम र सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण थालिएको हो ।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिको पहलमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने र क्षतिग्रस्त स्थानको मर्मतसम्भार गर्ने काम भइरहेको छ ।
खुलामञ्चको प्राकृतिक सौन्दर्य र हरियाली कायम राख्दै मैदानलाई पुरानै अवस्थामा फर्काउने लक्ष्यसहित काम अघि बढाइएको हो । पुनःरोपण र मर्मतसम्भार सम्पन्न भएपछि खुलामञ्चको हरियाली तथा सौन्दर्य पुनः फर्किने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















