images
images
  • एनआईसी एशिया क्यापिटलले ल्यायाे डायस्पोरा खाता, “अफर फर सेल्स” सेवा संचालन

    काठमाडौं । एनआईसी एशिया क्यापिटल(NICCL)ले गैर–आवासीय नेपाली (NRNs) र नेपाल बाहिर बसोबास गर्ने नेपाली (NROs)लाई लक्षित गरी विशेष डायस्पोरा खाता संचालन तथा धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “Offer for Sale-OFS” संचालनमा ल्याएको छ ।

    एन आई सी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

    सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एन आई सी एशिया क्यापिटलले “One-Stop Solution” सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको हाे । यस सेवा गैर–आवासीय नेपाली ( NRNs) तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु यस एन आई सी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्दछ ।

    यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू (NRNs) र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू (NROs) लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्भाह गर्नु हो ।

    डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरु :

    लन्च प्याड (स्टार्टअप आवश्यक): कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने ।

    ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तार): इक्विटी लगानी, इक्विटी÷उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी(FDI) सम्बन्धमा परामर्श ।

    क्यापिटल एज (बजार पहुँच): निष्काशन तथा बिक्री प्रबन्धक, RTA/RTS सेवाहरू, पूँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन ।

    इनसाइट३६० (परामर्श सेवा) : वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श ।

    परामर्श किन लिने : डायस्पोरासँग सम्बन्धित सम्पूर्ण विषयमा “One-Stop Solution” ।

    सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरु मार्फत सेवा उपलब्ध ।

    कम्पनी स्थापना वा विस्तार, IPO निष्काशन गर्ने देखि धितोपत्रको दोश्रो बजारमा सूचीकरण गरी शेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकिकृत रुपमा लिन सकिने ।

    विदेशमा बस्ने कुनै पनि नेपालीले सोझै https://forms.office.com/r/NZwSY5pdSG/ यो लिङ्कमा क्लिक गरि फारम भरेर सुरु गर्न सकिनेछ ।

    धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “Offer for Sale-OFS” संचालनमा ल्याएको हाे ।

    एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत धितोपत्रको दोश्रो बजारमा सुचिकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

    सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकैनै कानूनी प्रकृया पुरा गर्नुपर्ने देखिन्छ । त्यसै गरी सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिद बिक्रीको लागि One Stop Solution उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले Offer for Sale (OFS) Platform संचालनमा ल्याएको छ ।

    जस अन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत Common Platform बाट आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images