काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज फागुन २१ गते अन्तिम दिन रहेकाे छ । संस्थाले फागुन १८ गतदेखि निष्काशन तथा बिक्री खुलाएकाे थियो ।
लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको हो । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । एफपीओबाट प्राप्त १ करोड ९५ लाख ७७ हजार रुपैयाँ विपन्न वर्गलाई कर्जा प्रवाह गर्न प्रयोग हुने कम्पनीले जनाएको छ ।
‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित कम्पनी हो । यसको केन्द्रीय कार्यालय बनेपा नगरपालिका ५ काभ्रेपलाञ्चोकमा रहेको छ । हाल यस लघुवित्तले ३६ जिल्लाहरुमा ९१ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।
यस स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साविक जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गरे पश्चात् हाल चुक्ता पुँजी ६७ करोड ११ लाख रहेको छ । । जसको अधिकृत पुँजी ८० करोड, जारी पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ रहेको छ ।एफपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ नै पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ५२.७२ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ४७.२८ प्रतिशत रहनेछ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।


विश्व खबर 



















