images
images
  • लक्ष्मी सनराइज बैंकको १० लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले १० लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्री खुला भएको जनाएको हो ।

    विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । सूचना अनुसार उक्त शेयर विद्यमान संस्थापकहरुका लागि बिक्री गर्न लागिएको हो ।

    खरिद गर्न इच्छुकले बैंकको केन्द्रीय कार्यालय, हात्तीसारमा आवेदन दिनु पर्नेछ । आवेदन ३५ दिनभित्र दिनुपर्ने बैंकले जानकारी दिएको छ । त्यस मितिसम्म आवेदन नपरेमा आम सर्वसाधारण, जुनसुकै संस्था र कम्पनीलाई सो शेयर बिक्री गर्ने पनि बैंकले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images