images
images
  • पियोर इनर्जीको आईपीओ निष्काशन खुला, कसले पाउँछ आवेदन दिन ?

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले आज फागुन २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

    कम्पनीले स्थानीय बासिन्दाका लागि १ लाख ६० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता शेयर बिक्री खुला गरेको हो । स्थानीय बासिन्दाका लागि खुलाइएको शेयरमा बाँके जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

    कम्पनीले आफ्नो जारी पूँजीको कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँ अर्थात् ८० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।

    सो आईपीओमा न्यूनतम् १० कित्ताका लागि आवेदन दिन सकिने छ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १६ हजार कित्तासम्मका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा चैत ५ गते हुनेछ भने ढिलोमा चैत २० गते हुने कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images