काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ४३ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले उक्त शेयर आम सर्वसाधारणका व्यक्ति, संस्था र कम्पनीका लागि आज सोमबारदेखि बिक्री खुला गरेको हो ।
बैंकको विभिन्न लगानीकर्ताको नाममा रहेको उक्त शेयर बिक्री खुला गरिएको हो । यस अघि सोही संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो । संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
खरिद गर्न इच्छुक १५ दिन भित्र आवेदन दिनुपर्ने छ । आफुले खरिद गर्न चाहेको कित्ता खुलाएर बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा गएर बोलपत्र पेश गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















