images
images
  • एभरेष्ट बैंकको ऋणपत्र आजदेखि खुला, ब्याजदर कति ?

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा बिक्री आज आइतबारदेखि खुला भएको छ।

    बैंकले ३० लाख कित्ता ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा पाउने जनाइएको छ ।

    बैंकले एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने जनाइएको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ ।

    २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त ऋणपत्र छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा चैत ३ गतेसम्म खरिद गर्न सकिने छ।

    ऋणपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images