काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ८औँ वार्षिक साधारणसभा चैत १५ गतेका लागि बोलाएको हो ।
सभा आम्रापाली बैंकवेट, नक्सालमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ ।
उक्त सभामा कम्पनीले घोषणा गरेको लाभांश वितरण प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले नगद लाभांश (कर सहित) र बोनस शेयर गरी कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गर्ने जनाइएको छ ।
सभाकाे सामान्य प्रस्ताव:
१. अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० / ०८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ / ०६२ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । ( वर्तमान लेखापरीक्षक श्री एस. ए. आर. एशोशियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहनु भएको)
४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. ३,९३,७५,००,०००/- को १.४२०२२ (एक दशमलव चार दुई शुन्य दुई दुई प्रतिशतले हुने रु. ५,५९,२१,०५२.६३/- (अक्षरुपी पाँच करोड उनानसाठी लाख एक्काइस हजार बाउन्न रुपैया त्रिसठ्ठी पैसा) नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
विशेष प्रस्ताव:
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु.३,९३,७५,००,०००/- को २६.९८४१२६९८ ( छब्बीस दशमलव नौ आठ चार एक दुई छ नौ आठ) प्रतिशतले हुने रकम रु.१,०६,२५,००,०००/- (अक्षरेपी एक अर्ब छ करोड पच्चीस लाख रुपैंया) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
२. बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु. ५,००,००,००,०००/- (पाँच अर्ब) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको तत्काल चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
३. कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने सम्बन्धमा ।


विश्व खबर 



















