images
images
  • सानिमा रिलायन्स लाइफकाे वार्षिक साधारणसभा चैत ८ गते, बुक क्लाेज कहिले ?

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ८ गतेका लागि ८औँ वार्षिक साधारणसभा बोलाएको हो ।

    सभा अनमोल बैंक्वेट, शंखमुलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । सभामा १.२४८९ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

    सामान्य प्रस्तावहरु :

    १. सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

    २. सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा NFRS प्रणाली बमोजिम तयार गरिएको वित्तिय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

    ३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. ०८१/०८२ को लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

    ४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब ९५ करोड ३० लाख ६५ हजार दुई सय २४ रूपैयाँको ८ प्रतिशतका दरले हुने रकम ३९ करोड ६२ लाख ३५ हजार दुई सय १८ रूपैयाँ बराबरको नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने सम्बन्धमा । बोनस शेयर तथा नगद लाभांशमा लाग्ने लाभांश कर आयकर ऐन, २०५८ को दफा ४७ (क) बमोजिम हुनेछ ।

    विशेष प्रस्तावहरू:

    १. कम्पनीको अधिकृत पूँजी पाँच अर्ब दुई करोड कायम गर्ने सम्बन्धमा ।

    २. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब ९५ करोड ३० लाख ६५ हजार दुई सय २४ को १.२४८९ प्रतिशतका दरले हुने रकम छ करोड १८ लाख ५८ हजार आठ सय ३२ रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

    ३. प्रस्ताव नं १ मा प्रस्ताव गरे बमोजिमको बोनस शेयर वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी वृद्धि गरी पाँच अर्ब एक करोड ४९ लाख २४ हजार र चुक्ता पूँजी वृद्धि गरी पाँच अर्ब एक करोड ४९ लाख २४ हजार रूपैयाँ पुऱ्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा ।

    ४. सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा. १० नयाँ बानेश्वरबाट परिवर्तन गरी का.जि.का.म.न.पा. ०१, नक्साल, काठमाडौं कायम गरी सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।

    ५. कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०८०/०८१ मा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.बाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने सम्बन्धमा ।

    ६. उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images