images
images
  • नेपाल माइक्रोको आईपीओमा १९ लाखले दिए आवेदन

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा १३.२७ गुणा बढी आवेदन परेको छ । आईपीओमा आवेदन दिने अन्तिम दिन बिहिबार साँझ ५ बजेसम्ममा १३.२७ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

    सिडिएस एण्ड क्लियरिङका अनुसार सो अवधिसम्ममा १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । जबकी कम्पनीले जम्मा १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो । १ लाख ४४ हजार ५०० जनाले मात्रै उक्त कम्पनीको १० कित्ताका दरले शेयर पाउँछन् ।

    कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको थियो, जसमा आव फागुन १५ गते साँझ ५ बजेसम्म आवेदन दिने समय थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images