काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले दोस्रो वार्षिक साधारणसभा चैत ११ गतेका लागि बोलाएको छ ।
सभा होटल एयरपोर्ट, विराटनगरमा विहान ११ बजेदेखि हुनेछ । साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । उक्त सभामा अन्य कम्पनीसँग गाभ्ने तथा गाभिने प्रस्ताव पनि पेश हुनेछ ।
सामान्य प्रस्तावहरु :
१. आ.व.२०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/०८२ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४. सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति ( निर्वाचन ) गर्ने सम्बन्धमा ।
५. सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधाका सम्वन्धमा ।
६. कम्पनीले सामाजिक उत्तर दायित्व अर्न्तगत गरेको खर्च अनुमोदन गर्ने ।
विशेष प्रस्तावहरु :
१) गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र अन्य कुनै इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्वन्धी आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।
२) नियमनकारी नियकायबाट कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने निर्देशन आएमा /कम्पनीले पुँजी बृद्धि गर्न आवश्यक देखिएमा सोही बमोजिम कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।
३) कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन सम्वन्धमा ।


विश्व खबर 



















