बाबुराम भट्टराई भन्छन्- राजनीतिमा खाल्डो खन्ने र पुर्ने खेलमै समय खर्च भयो

बाबुराम भट्टराई भन्छन्- राजनीतिमा खाल्डो खन्ने र पुर्ने खेलमै समय खर्च भयो

विश्व खबर

@BishwoKhabar

२०७८ असार ९ गते बुधबार ०३:३०

काठमाडौं- राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा कसैले खाल्डो खर्ने र कसैले पुर्ने खेलमै समय खर्च भइरहेको टिप्पणी गरेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अरु देश कोरोनाको...

काठमाडौं- राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा कसैले खाल्डो खर्ने र कसैले पुर्ने खेलमै समय खर्च भइरहेको टिप्पणी गरेका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले अरु देश कोरोनाको खोप छिटो जुटाउन व्यस्त भए पनि नेपालका राजनीतिक दल खाल्डो खन्ने र पुर्ने काममै व्यस्त भएको टीप्पणी गरेका हुन्।

उनले सामाजिक  सञ्जालमा लेखेका छन्, ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड-१९ खोप जुटाउन व्यस्त छन्, हामी चाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय/शक्ति खर्चने भयौं। अब त चेतौं। छिटो संवैधानिक परिषद् विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान/लोकतन्त्र ट्र्याकमा ल्याऔं! अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाऔं!’

प्रकाशित मिति २०७८ असार ९ गते बुधबार ०३:३०
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia