काठमाडौं । नेपाल बैंकले ६५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले चैत ६ गतेका लागि सभा बोलाएको हो ।
सभा एपीएफ क्लब, हलचोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ ।
यस्ता छन् सामान्य प्रस्तावहरू
१. आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ अषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
४. बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने ।


विश्व खबर 



















