images
images
  • सानिमा फ्लेक्सी फण्ड इकाई खरिद गर्ने समयावधि थप

    काठमाडौं । सानिमा क्यापिटलको फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने समयावधि थप भएको छ। फागुन ६ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोषको समय थप गरेको हो ।

    उक्त फण्डको इकाई खरिदका लागि अब फागुन २० गतेसम्म आवेदन दिन पाइने भएको छ। छिटोमा फागुन ११ गते निष्काशन बन्द हुने भनिएकोमा माग अनुसारको आवेदन नपरेकोले निष्कासन अवधि थप गरेको क्यापिटलले जनाएको छ।

    सानिमा फ्लेक्सी फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ। जसमध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागेको हो। सो ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images