images
images
  • एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रतिकित्ता १००० रुपैयाँ अंकित ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।

    बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई विक्री गर्नेछ ।

    १० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिन यहि फागुन १८ गतेदेखि २१ गतेसम्म मिति तय गरिएको छ । २१ गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद चैत ३ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images