images
images
  • ७ महिनामा पौने १५ अर्बको ईभी आयात, ८० प्रतिशत हिस्सा चाईनाको

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा पौने १५ अर्बको विद्युतीय सवारी (ईभी) आयात भएको छ । चालु आवको माघ मसान्तसम्म १४ अर्ब ७५ करोड रुपैयाँको विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागले जनाएको छ ।

    यो अवधिमा ६ हजार २५६ वटा ईभी आयात भएको हो । जसबाट ९ अर्ब ८ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा विशेषगरी ५ देशबाट ईभी आयात भएको छ । चिन, भारत, अमेरिका, जर्मन र दक्षिण कोरियाबाट ईभी आयात भएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै आयात चिनबाट भएको तथ्यांकले देखाउँछ ।

    कुन देशबाट कति आयात ?

    रकमका आधारमा कुल ईभी आयातको ८० प्रतिशत हिस्सा चाईनाले ओगटेको छ । अर्थात् चाईनाबाट ११ अर्ब ८७ करोडका ईभी आयात भएको छ । आयातित ईभीको संख्याको आधारमा चाईनाको हिस्सा ७६ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । चिनबाट ४ हजार ७ सय ६९ वटा ईभी आयात भएको हाे ।

    ५० किलोवाट सम्मका १ हजार २६८ वटा, ५१ देखि १०० किलोवाट सम्मका २ हजार ९२२ वटा, १०१ देखि २०० किलोवाट सम्मका ५७० वटा, २०१ देखि ३०० किलोवाट सम्मका ७ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएका २ वटा ईभी चिनबाट आयात भएको छ।

    यसैगरी, भारतबाट २ अर्ब ६९ करोड रुपैयाँको १ हजार ४५९ वटा ईभी आयात भएको छ भने जर्मनबाट १४ करोड रुपैयाँको १० वटा ईभी आयात भएको छ । अमेरिकाबाट २ करोड १४ लाख रुपैयाँ बढीको ५ वटा ईभी आयात हुँदा दक्षिण कोरियाबाट २ करोड रुपैयाँ बढीको ३ वटा ईभी आयात भएको छ ।

    कति किलोवाटको गाडी धेरै ?

    यो अवधिमा नेपालमा ५१ देखि १०० किलोवाटका ईभी सबैभन्दा धेरै भित्रिएका छन् । ५१ देखि १०० किलोवाटका ३ हजार ४ सय ९१ वटा ईभी भित्रिएका हुन् ।

    त्यसैगरी, ५० किलोवाटसम्मका २ हजार १५९ वटा, १०१ देखि २०० किलोवाटका ५९० वटा, २०१ देखि ३०० किलोवाटका ११ र ३०० किलोवाट भन्दा धेरै क्षमता भएका २ वटा ईभी नेपाल भित्रिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images