काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याकहरु संचालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकहरूलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् ।
कर सहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।
यो अफर विषेशत छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो । ग्राहकहरूले एनसेल एपमार्फत वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स ४ एष्ट्रिक्स १एष्ट्रिक्स ४ ह्यास डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सकिने कम्पनीले जनाएको छ ।
कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाधरुपमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम कर सहित मात्र रु. ५० मा पाइने छ । यो डेटा तीन दिनसम्म मान्य रहने कम्पनीले जनाएको छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ ।


विश्व खबर 



















