काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बुधबार बसेको कम्पनीको संञ्चालक समितिको बैठकले कुल चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद निष्काशन गर्ने जनाएकाे छ ।
मातृभूमि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले विकास गरेको १५ मेगावाटको सिसुवा खोला जलविद्युतमा लगानी गर्ने तथा ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत निर्माण गर्दा बैंकबाट लिएको ऋण घटाउने उद्देश्यका लागि हकप्रद जारी गर्न लागिएको कम्पनीका अध्यक्ष चिफबहादुर थापाले जानकारी दिए ।
सिसुवाखोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव कम्पनीको १३औँ वार्षिक साधारण सभाबाट पारित समेत भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















