images
images
  • नेप्सेमा शिवम् सिमेन्टसहित ३ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार तीन कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार शिवम् सिमेन्ट, फस्र्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

    शिवम् सिमेन्टको ४२ लाख ९८ हजार ८५ कित्ता सूचीकृत भएको छ । कम्पनीले ८.५५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । यस्तै फस्र्ट माइक्रोफाइनान्सको ११ लाख १० हजार ४४४ कित्ता शेयर थपिएको छ । यसले ९ प्रतिशत बोनस बाँडेको थियो ।

    कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ दशलमव २२३४ कित्ता शेयर सूचिकृत भएको हो । यी कम्पनीको शेयर सूचीकृत भएसँगै लगानीकर्ताको खातामा आएपछि किनबेच गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images