images
images
  • धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी, यस्ता छन मुख्य व्यवस्थाहरु

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सहभागीहरुका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम मार्गदर्शन जारी गरेको हो ।

    धितोपत्र बजार सहभागीहरुका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन अनुसार नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरुको सूची, कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा संगठन धितोपत्र बजार सहभागीहरुले कारोबारको तथ्यांक (डेटाबेस) मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्नेछ ।

    उक्त तथ्यांक (डेटाबेस) को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा संगठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ ।

    यसैगरी, धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरु पालना गर्नुपर्नेछ ।

    साथै आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शंकास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने मागर्दशनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images