images
images
  • सर्वसाधारणलाई क्रेष्ट माइक्रो लाइफ​​​​​​​को आईपीओ फागुन २२ देखि

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    कम्पनीको हाल जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको थियो ।

    यसैगरी, ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर कम्पनीको कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि वितरण गरिएको थियो । बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

    उक्त आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ । क्रेष्ट माइक्रो लाइफ नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्नका लागि इजाजतपत्र प्राप्त कम्पनी हो । जसको प्रधान कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images