images
images
  • एफपीओ निष्काशनका लागि स्वरोजगार लघुवित्तले पायो बोर्डको अनुमति

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले माघ २७ गते कम्पनीलाई १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । प्रतिशेयर १०० रुपैयाँमा उल्लेखित रकम बराबरको १ करोड ९५ लाख ७७ हजार ३०० कित्ता एफपीओ कम्पनीले जारी गर्नेछ ।

    यो एफपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ । एफपीओपछि कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ कायम हुनेछ । कम्पनीले सोमवारनै चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । एफपीओ निष्काशनको तयारीमा रहेको यस कम्पनीले दोस्रो त्रैमाससम्म ८ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको खुदनाफा ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी मात्र थियो ।

    गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करिब १२५ प्रतिशत बढी भएको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १६ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेको छ । निष्क्रिय कर्जा गत वर्ष ५ दशमलव ८९ प्रतिशत रहेकोमा यस वर्ष घटेर ५ दशमलव शून्य ४ प्रतिशत कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ छ ।

    राष्ट्रिय स्तरको कम्पनीका रुपमा रहेको यो कम्पनीले हाल ९१ ओटा शाखा कार्यालयमार्फत १ लाख २९ हजारभन्दा बढी गरिब तथा विपन्न परिवारमा लघुवित्त सेवा प्रदा गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images