images
images
  • राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

    काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरिएको छ ।

    राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको नियमावली, २०७२ (पाँचौँ संशोधन सहित) को नियम ३६ (१) बमोजिम यस कम्पनीको कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि सोही नियमावलीको नियम ३६ (२) बमोजिमको न्यूनतम योग्यता र अनुभव पूरा भएका योग्य इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

    आवेदकले दरखास्त साथ नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रतिलिपि र कार्य अनुभव सम्बन्धी कागजात, प्रमुख कार्यकारी अधिकृतको कार्यादेश बमोजिमको बिजिनेश प्लान दुई प्रति, आवेदक तत्काल कुनै संस्थामा कार्यरत रहिरहेको भए सो संस्थाको पूर्व स्वीकृति पत्र, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नभएको, यस कम्पनीको स्वार्थ बाझिने अन्य कम्पनीमा संलग्न नरहेको र कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी नभएको र प्रचलित कानूनले अयोग्य नभएको स्वःघोषणा पत्र पेस गर्नुपर्नेछ ।

    2025-02-10-12-03-52-2081-10-28-final-2

    प्रतिक्रिया दिनुहोस्
    images
    images