images
images
  • स्वाभिमान लघुवित्तले कमायो दोस्रो त्रैमासमा रू.२ करोड ३ लाख नाफा

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू.२ करोड ३ लाख नाफा कमाएको छ ।

    गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ५ लाख ६६ हजार नाफा कमाएको थियो । यस आधारमा कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि भएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकोले र खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

    गत आवमा कम्पनीले रू. ३ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ७ करोड १३ लाख पुगेको छ । त्यस्तै कम्पनीले गत आवमा रू. २ करोड २२ लाख खराब कर्जा संकलन गरेकोमा चालू आवमा रू. ३ करोड ५४ लाख संकलन गर्न सफल भएको छ ।

    चुक्ता पूँजी रू. १४ करोड ६१ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ८ करोड ७५ लाख सञ्चिती गरेको छ । कम्पनीले रू.१ अर्ब ८१ करोड सापटि लिएर,रू. ८० करोड ३५ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ६३ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

    दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात ६७ दशमलव ९२ गुणा प्रतिशेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ७९ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images