images
images
  • छ महिनामा छिमेक लघुवित्तले कमायो ५१ करोड १८ लाख नाफा, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ८४ पैसा

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.५१ करोड १८ लाख नाफा कमाएको छ ।

    यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १७ प्रतिशत वृद्धि हो । सो अवधिमा कम्पनीले रू. ४३ करोड ६२ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २४ करोड ८ लाख रहेकोमा चालू आवमा घटेर रू. १२ करोड ७९ लाखमा झरेको छ । जसका कारण कम्पनीको सञ्चालन नाफा १७ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ ।

    गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ६१ करोड ३८ लाख रहेकोमा चालू आवमा बढेर रू. ७२ करोड १७ लाख पुगेको छ । नाफामा वृद्धि भएसँगै गत आवमा २९ रुपैयाँ ३० पैसा रहेकोमा प्रतिशेयर आम्दानी चालू आवमा बढेर ३१ रुपैयाँ ८४ पैसा पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ५९ करोड भन्दा बढी रहेको छ ।

    चुक्ता पूँजी रू. ३ अर्ब २१ करोड रहेको कम्पनीले जगेडामा रू.२ अर्ब ७८ करोड,रिटेन्ड अर्निङमा रू.१ अर्ब ५९ करोड र शेयर प्रिमियममा रू. ४ करोड ९ लाख सञ्चिती गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images