काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ ।
कम्पनीको खुद नाफा गत आवको तुलनामा चालू आवमा ९ दशमल ४४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ४२ करोड ७७ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४६ करोड ८१ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्कमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको कुल आम्दानी गत आवमा रू. २९ अर्ब २० करोड रहेकोमा चालू आवमा बढेर रू.३३ अर्ब ३९ करोड भन्दा बढी पुगेको छ ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क गत आवमा रू. १९ अर्ब ७१ करोड रहेकोमा चालू आवमा बढेर रू.२२ अर्ब १२ करोड पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४२ पैसा रहेकोमा चालू आवमा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ ।
चुक्ता पूँजी रू. ८ अर्ब २० करोड रहेको कम्पनीले रिटेन्ड अर्निङमा रू. २ अर्ब ३८ करोड र महाविपत्ती कोषमा रू.१ अर्ब ३० करोड भन्दा बढी सञ्चिती गरेको छ । त्यस्तै कम्पनीको जीवन बीमाकोष गत आवमा रू.१ खर्ब ८२ अर्ब रहेकोमा चालू आवमा बढेर रू.२ खर्ब १७ अर्ब पुगेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ५४ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ७० दशमलव ५२ गुणा रहेको छ ।


विश्व खबर 



















