images
images
  • सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई दिन लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    माघ २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images