images
images
  • सूर्य नेपालले ल्यायो सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

    काठमाडौं – सूर्य नेपाल प्रालिले नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिजको पनि उत्पादन सुरु गरेको छ ।

    सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज सनफिस्ट डार्क फेन्टासी चोको फिल्स नेपालमै उत्पादन तथा बिक्री वितरण सुरु गरेको हो ।

    अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याउने क्रममा उच्चकोटीका सामग्रीहरूमा कफी र चकलेट समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफीका पारखीहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

    सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिइएको छ ।

    सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरिका खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    अब उपभोक्तावर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनको आभास गर्न सक्ने विश्वास कम्पनीको छ ।

    ७५ ग्रामको आकर्षक प्याकेटभित्र ६ वटा भिन्दाभिन्दै पाउच रहेको र यसको मूल्य ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images