काठमाडौँ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहूँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
लगानी सम्झौता एमएपावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि बिकास बैंक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रु १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक म्गभ म्ष्ष्निभलअभ क्तगमथ अगाडीे बढाएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलविद्युत् आयोजना २२ मेवानिर्माण कार्य अन्तिम चरणमा रहेको छ ।आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग गत वर्ष कार्तिक १ गते विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने २०८६ वैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागि सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ ।


विश्व खबर 



















