images
images
  • कुमारी बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौँ । कुमारी बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा २०८१ साल माघ महिना २१ गते सोमबारका दिन काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

    सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको गत आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images