images
images
  • फागुन ६ गतेदेखि खुलामुखी योजनाको इकाई निष्काशन गर्दै सानिमा क्यापिटल

    काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले फागुन ६ गतेदेखि खुला मुखी योजना सञ्चालनका लागि इकाई निष्काशन गर्न लागेको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने गरी सानिमा फ्लेक्सी फण्ड नामको योजना सञ्चालनमा आउन लागेको हो ।

    यस योजना सञ्चालनका लागि क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो । कुल इकाईमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्काशनमा आउन लागेको हो ।

    निष्काशन गर्ने इकाईमध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाईमध्ये योजना व्यवस्थापक सानिमा क्यापिटललाई २० लाख कित्ता सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणमा २ करोड ५० लाख इकाई सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो ।

    यी इकाई खरीदका लागि आवेदन दिंदा न्युनतम १०० कित्तादेखि अधिकतम ४० लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो इकाई छिटोमा फागुन ११ गतेसम्म निष्काशनमा रहनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि फागुन २० गतेसम्म निष्काशन अवधि लम्बिनेछ ।

    योजना व्यवस्थापकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    नेपाल धितोपत्र बोर्डले क्यापिटलाई माघ २ गते यस योजना सञ्चालनका लागि इकाई निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images