images
images
  • आइसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँट

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्काशन गरेको ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्र बाँडफाँट गरेको छ ।

    कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    कुल कित्ता ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसस्थाहरुमा विक्री गरेको छ भने १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको थियो ।

    सार्वजनिक निष्काशनमार्फत विक्री गरेको ऋणपत्र रितपूर्वक आवेदन दिएका ४ हजार ५६० जनामा १ लाख १४ हजार कित्ता ऋणपत्र माघ २० गते बाँडफाँट गरेको हो । सर्वसाधारणमा छुट्याएको ऋणपत्रमध्ये ६ हजार कित्ता भने सामूहिक लगानीकोषको लागि बाँडफाँट गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images