काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन फागुन २३ गतेपछि सकिने भएको छ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले शेयरको लकइन अवधि सकिनु एक महिनाअघि सार्वजनिक रुपमा सूचना जारी गर्नुपर्ने भएकाले कम्पनीले एक महिनाअघि माघ २१ गते सूचना जारी गरेको हो ।
कम्पनीको संस्थापक तर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० कित्ता शेयर लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारणमा २०७८ साल फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपीओ निष्कासन गरी फागुन २४ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणमा बाँडफाँट भएको मितिबाट संस्थापक र कर्मचारीतर्फको शेयर तीन वर्षसम्म लकइन अवधिमा रहेको थियो ।
लकइन अवधि समाप्त भएपछि कम्पनीको यी शेयर कारोबार गर्न सकिनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


विश्व खबर 



















