images
images
  • अमेरिकी डलरले आज पनि कायम गर्‍यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। त्यसैगरि आज कुबेती र बहराइन दिनारको मूल्य पनि उच्च बनेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्रा भने सस्तिएका छन्।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा छ।नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। गत साताका केहीदिन घटेको अमेरिकी डलरको मूल्य आज पुनः बढेर उच्च बनेको हो।

    यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज पुनः उच्च बनेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा थियो।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा थियो।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा थियो।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४५ र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९० र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा थियो।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९७ पैसा थियो।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ७१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३८ पैसा थियो।

    Screenshot 2025 02

    प्रतिक्रिया दिनुहोस्
    images
    images