images
images
  • हरेक वर्ष १ महिनाको पेन्सन आविष्कार केन्द्रलाई दिने पूर्व डीआईजी सुब्बाको घोषणा


    काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजिब सुब्बाले हरेक वर्ष १ महिनाको पेन्सन राष्ट्रिय आविष्कार केन्द्रलाई दिने घोषणा गरेका छन् ।

    सूचना प्रविधि विज्ञसमेत रहेका सुब्बाले आविष्कार केन्द्रले सञ्चालन गरेका परियोजनाका लागि हरेक वर्ष एक वर्षको पेन्सन दिने भएका हुन् ।सुब्बाले मंगलबार निवृत्तिभरणबापत प्राप्त रकम २७,८८२ रूपैयाँ आविष्कार केन्द्रको खातामा जम्मा गरेका छन् ।

    कोरोना महामारीका बेला विभिन्न प्रविधि विकास र सहजीकरण गरिरहेको आविष्कार केन्द्रका लागि देशविदेशबाट सहयोग संकलन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images