आईसिएफसि फाइनान्स लिमिटेडको ७ वर्ष अवधि भएको तथा वार्षिक ९ प्रतिशत ब्याजदरको “९% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ डिभेञ्चर बाँडफाँड भएको छ । फाइनान्सको डिभेञ्चर प्रति इकाई १,००० रुपैयाँ अंकित दरको तीस करोड रुपैयाँ बराबरको ३,००,००० कित्ता बाँडफाँड भएको हो । जसमध्ये १८,००,००,००० रुपैयाँ रकम बराबरको १,८०,००० कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२,००,००,००० रुपैयाँ बराबरको १,२०,००० कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक प्रक्रियाबाट बिक्री खुल्ला गरेको थियो ।
धितोपत्र बोर्डबाट स्विकृत विवरणपत्र अनुसार आइसिएफसि फाइनान्स लिमिटेडकोे परिपत्र विधि मार्फत १,००० रुपैयाँ अंकित दरको १,८०,००० कित्ता ऋणपत्र निष्काशन गरिएकोमा प्राप्त आवेदकहरुबाट ३,००,००० कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएकोमा माग गरेको थियो । उक्त कित्तामा समानुपातिक रुपमा १,८०,००० कित्ता ऋणपत्र बाँडफाँड गरियो र सर्वसाधारण तर्फ १,००० रुपैयाँ अंकित दरको १,२०,००० कित्ता मध्ये सामूहिक लगानी कोषको लागि छुट्याइएको ६,००० कित्ता बाँडफाँड गरी बाँकी रहेको १,१४,००० कित्ता ऋणपत्र माघ ९ गते देखि माघ १३ गतेसम्म बिक्री खुल्ला गरेको थियो ।
सोबाट सर्वसाधारणहरुबाट जम्मा ७,२४७ जना आवेदकहरुबाट ६,३१,३५७ कित्ता ऋणपत्रको लागि आवेदन पर्न आएकोमा स्वीकृत विवरणपत्रमा भएको व्यवस्था अनुसार गोला प्रथा विधिद्धारा ४,५६० जना आवेदकहरुलाई १,१४,००० कित्ता ऋणपत्र बाँडफाँड गरिएको फाइनान्सले जनाएको छ ।


विश्व खबर 



















