खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । चिसो मौसमसँगै बजारमा खपत बढेकाले ग्यास आयातमा समेत वृद्धि भएको हो ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुुमार ठाकुुरले कोटा अनुसार ग्यासको आयात नियमित रुपमा भइरहेको जानकारी दिए ।
चिसोमा खपत बढ्ने हुँदा आयातमा वृद्धि भएको उनको भनाइ छ । भन्सार विभागको तथ्यांक अनुसार चालुु आव २०८१–८२ को छ महिनामा २९ अर्ब ७९ करोड सात हजार रुपियाँ बराबरको दुुई लाख ६५ हजार ४५७ मेटिझक टन ग्यास आयात भएको छ ।
गत वर्ष सो अवधिमा २५ अर्ब ४५ करोड ९० लाख रुपियाँ बराबरको दुुई लाख ५६ हजार २४० हजार मेटिझक टन ग्यास आयात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















