images
images
  • राजस्व छल्ने बुटवलका व्यापारीविरुद्ध मुद्दा

    लुम्बिनी : राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका-५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।

    विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महशुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

    प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि भएको बताइएको छ।

    मियाँबाट सोही ऐनको दफा २ ९छ, १० बमोजिम बिगो तीन करोड ४३ लाख ३९ हजार ४३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा ९१० बमोजिम बिगोको शतप्रतिशत जरिवाना मागदाबी गरिएको छ।

    सोही ऐनको दफा २३ को उपदफा १० (ख) बमोजिम प्रतिवादीलाई हदैसम्मको कैद सजाय मागदाबी अदालतमा दायर अभियोग पत्रमा गरिएको राजस्व अनुसनधान कार्यालय बुटवलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images