images
images
  • डलर, युरो, पाउन्ड र दिनारको कारोबार मूल्य आज कति?

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राको कारोबार सोही मूल्यमा हुनेछ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ।

    हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

    गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा छ।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा छ।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७५ र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा छ।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा छ।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot 2025 01 19 051931 0s4UfayGUa

    प्रतिक्रिया दिनुहोस्
    images
    images