images
images
  • अमेरिकन डलर, युरो, पाउन्ड र दिनार थप महँगिदा अस्ट्रेलियन डलरको मूल्य घट्यो

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

    आज अमेरिकी डलर, कुवेती र बहराइन दिनार, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।

    तर, आज अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ।

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा थियो।

    गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७९ पैसा थियो।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४१ पैसा थियो।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७५ र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८३ र बिक्रीदर ८६ रुपैयाँ २० पैसा थियो।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७४ पैसा थियो।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २० पैसा थियो।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot 2025 01 18 044547 tO6eVFLP7g

    प्रतिक्रिया दिनुहोस्
    images
    images