images
images
  • नेपालमा पहिलोपटक औषधि कम्पनीले पायो आईपीओ निष्कासन अनुमति

    नेपाल धितोपत्र बोर्डले ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डको माघ ३ गते बसेको बैठकले कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

    अब कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो । नेपालको पुँजीबजारको इतिहासमा पहिलोपटक औषधि उत्पादन गर्ने कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।

    यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images