काठमाडौं-सिद्धार्थ बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा आइतबार सम्पन्न भएको हो।
साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात् जारी गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ।
बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र विरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि-लेभरेज होल्डिङ्ग्स प्रालि र भोजन अर्याल (प्रतिनिधि – रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन्।


विश्व खबर 




















