images
images
  • एनएमबि बैंकको २९औँ साधारण सभा सम्पन्न

    काठमाडौँ-एनएमबि बैंक लिमिटेडको २९औँ साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा बिहिबार बैंकको साधारण सभा सम्पन्न भएको हो ।

    बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको अध्यक्षतामा सम्पन्न सभामा बैंकका शेयरधनीहरूले आ-आफ्नो विचारसमेत ब्यक्त गरेका थिए ।

    असार मसान्तसम्म खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको बैंकको  निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images