नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ।
अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ।
हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा छ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा छ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची



विश्व खबर 




















