images
images
  • पाँच महिनामा भित्रियो छ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स

    काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण (रेमिट्यान्स)आप्रवाह भएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा रेमिट्यान्सआप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको छ।

    अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्सआप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५प्रतिशतले वृद्धि भई चार ४ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष आप्रवाह २१.१ प्रतिशतले बढेको थियो।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड थियो।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार ४२५ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ७१ हजार ९७५ र एक लाख दुई हजार ५४२ थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images