images
images
  • अमेरिकी डलर आज थप महँगियो

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

    आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। शुक्रबार एकदिन उच्च मूल्यमै स्थिर रहेको अमेरिकी डलर आज थप महँगिएको हो।

    अमेरिकी डलरले उच्च मूल्यको नयाँ नयाँ रेकर्ड कायम गरिरँदा अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्रा पनि आज महँगिएका छन्।

    बहराइन र कुवेती दिनारको मूल्य पनि विगत केही दिनदेखि लगातार बढिरहेको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ।

    अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ।

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा थियो।

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ४० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा थियो।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ १२ पैसा थियो।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९३ र बिक्रीदर ८५ रुपैयाँ ३० पैसा थियो।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ३८ पैसा थियो।

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १६ पैसा थियो।

    Screenshot 2025 01 11 045105 UpSo86wE26

    प्रतिक्रिया दिनुहोस्
    images
    images