नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ।
अमेरिकी डलर उच्च मूल्यमा स्थिर रहँदा अस्ट्रेलियन डलर, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य भने आज घटेको छ। कुवेती, बहराइन दिनारसहित केही मुद्रा भने आज महँगिएका छन्।
बहराइन र कुवेती दिनारको मूल्य हिजो पनि बढेको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा छ।
अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च मूल्य हो। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९३ र बिक्रीदर ८५ रुपैयाँ ३० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०७ र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ३८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा थियो।


विश्व खबर 




















