images
images
  • ‘सरकारले पोखरा विमानस्थल बीआरआईअन्तर्गत होइन भन्यो मात्रै भने भारतले उडान गर्न दिन्छ’

    काठमाडौँ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन सक्ने तर्क गरेका छन्।

    शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएसन मिट २०२४ः नागरिक उड्डयन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो तर्क गरेका हुन्।

    भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बीआरआई परियोजना अन्तर्गतको आयोजना भएकाले उडान अनुमति नदिएको उनको भनाइ थियो। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई परियोजनाअन्तर्गत नभएको स्पष्ट बताए उडान अनुमति दिन सक्ने अवस्था रहेको उनले उल्लेख गरे।

    ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बीआरआई परियोजनाको संज्ञा दिइएको छ। बीआरआई हो कि होइन, नेपाल सरकारले व्याख्या गरिदिनुपर्छ। बीआरआईको कारणले भारतले अनुमति नदिएको भन्ने छ,’ उनले भने, ‘भारत र दक्षिणतिरका देशले बीआरआई परियोजनाका कारण उडान नगर्ने हुँदा उडानमा चुनौती देखिएको छ। भारतीय विमानस्थलहरूमा उडान अनुमति पाएको खण्डमा ३८ सय भिजिबिलिटीमा पनि उडान गर्न तयार छौँ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images